थर्पुबजारमा भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबजारस्थित भित्री सडकमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रवार म्याग्दे–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री  म्याग्दे–२ का  इन्दुमाया नेपालीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?