त्रिशूलीमा खसेर कार बेपत्ता, यात्रु सकुशल

चितवन : पोखराबाट झापाका लागि छुटेको कार सोमबार बिहान सवा ७ बजेतिर नारायणगढ-मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका-२९ सत्रकिलोबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।

बेपत्ता बा१०च ४५५४ नम्बरको कारमा रहेका दुई जना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार कार अनियन्त्रित भएर नदीमा खसेको हो ।

कार झापा जिल्ला दमक नगरपालिका-३ का ५२ वर्षीय लिला भट्टराईले चलाएका थिए । कारमा उनीसँगै उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल पनि थिइन् ।

दुवै जना सामान्य घाइते भएको डिएसपी पण्डितले जानकारी दिए । कारको खोजी भइरहेको उनले बताए ।

ईकान्दिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?