दमौली : नेपाली लेखक संघ तनहुँको अध्यक्षमा शंकरराज नहर्की चयन भएका छन् । शनिवार दमौलीमा सम्पन्न संघ पाँचौँ अधिवेशन एवं १२ औं साधारणसभाले नहर्कीलाई सर्बसम्मत अध्यक्षमा चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा कृष्णहरी गैह्रे, सचिवमा अन्जना न्यौपाने, सहसचिवमा दिवाकर धिमिरे, कोषाध्यक्षमा श्रीकान्ता घिमिरे र सदस्यहरुमा कल्पना आचार्य, भवानी अधिकारी, सतार मियाँ , महेन्द्रराज शर्मा , चक्रबहादुर अधिकारी र अमरराज नहर्की चयन भएका छन् ।
लेखक एवं पूर्व केन्द्रिय उपाध्यक्ष डाक्टर कुसुमाकर न्यौपानेले अधिवेशनको उद्घाटन गर्दै सम्पूर्ण साहित्यकारहरुले हात जोड्ने खालको, आचार, व्यवहार स्तुत्य हुने व्यावहार जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथि संघका सल्लाहकार काशीनाथ न्यौपानेले समाजको ऐना भएकाले गहिराइमा अध्ययन अध्ययनलाई उतार्नुपर्ने बताए।
निर्वाचन क्षेत्रीय संयोजक इश्वरमणी अधिकारी, कास्कीका अध्यक्ष संजिव पौडेल, संघका सल्लाहकार समुन्द्र, संस्थापक अध्यक्ष कमलामोहन श्रेष्ठ, लेखक सघका केन्द्रिय प्रदिप घिमिरे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष ब्रम्हदत्त ब्रम्हदत्त, प्रगतिशिल लेखक संघ तनहुँका अध्यक्ष कल्पना पौडेल , गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदास, गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी लगायतले वेदव्यासको साहित्यिक कार्यक्रमहरुमा गरि जागरण जागरण जागरण ल्याउनुपर्नेमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष शंकरराज नहर्कीलाई निवर्तमान अध्यक्ष माइन्युट हस्तान्तरण गरी गरी सफल कार्यकालको शुभकामना गरेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?