सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

काठमाडौं : प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।

२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए ।

त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस : सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?