अयोध्याबाट दमौलीमा आइपुग्यो रामराज्य रथयात्रा

दमौली :  श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘रामराज्य रथयात्रा’ दमौलीमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज दमौली आइपुगेको हो ।

अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित दमौली आइपुगेको रथ यात्रालाई वेदअनुयायी प्रतिष्ठानले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहण गरेको थियो ।

भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु/गराउनु प्रमुख उद्देश्यका साथ दमौली आइपुगेको यस व्यास गुफमा व्यास को दर्शनपश्चात् आजै पोखरा लागेको छ ।

नेपालको जलेश्वर, जनकपुर, हेटौँडा, नारायणघाट ,काठमाडौँ हुदै पोखरा जाने क्रममा यस यात्रा आज दमौलीको व्यास क्षेत्रमा दर्शन एवं पूजाअर्चना गरेका हुन ।

अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?