१४ जिल्लामा विद्यालय नजान सरकारको अपिल

कोरोना भाइरस सङ्क्रमणको जोखिम  चुनौतीपूर्ण रहेको बताउँदै अति प्रभावित १४ जिल्लाको सूची सार्वजनिक गर्दै सकभर विद्यालयसमेत नजान स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भिडभाड हुने सबै क्षेत्र तथा सेवा बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी जिल्लाका विद्यालय, रात्रि व्यवसाय, रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, जस्ता भिडभाड हुने ठाउँमा सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।

साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

यस्तो छ, सूचना

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?