अभिभावक प्राध्यापक सङ्घको संयोजकमा मिश्र

दमौली : तनहुँको व्यास -१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसको अभिभावक प्राध्यापक सङ्घको गठन लक्ष्मीकान्त मिश्र चयन भएका छन् । शनिबार दिउँसो  क्याम्पसमा भएको भेलाले अभिभावक प्राध्यापक सङ्घको संयोजकमा व्यास -१२ निवासी मिश्रलाई चयन गरिएको हो ।

कार्यसमितिको सदस्यहरुमा अभिभावकका तर्फबाट विष्णु प्रसाद श्रेष्ठ हरिश्चन्द्र अधिकारी, बिन्दु ध्वज , आइसा खातुन, सिता आले चयन भएका छन् ।

प्राध्यापकहरूको तर्फबाट सदस्यहरुमा वीर बहादुर गुरुङ, चरित्र कार्की र विजयराज खनाल चयन भएका छन् ।

भेलाको उद्घाटन गर्दै अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसलाई यस क्षेत्रको शैक्षिक केन्द्रको रुपमा विकास र विस्तार गर्न अभिभावकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।

उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु खरसिंह दरै, चिज बहादुर दरै , विष्णु बहादुर बस्नेत,सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी, सागर पौडेल, नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइका अध्यक्ष विजयराज खनाल, कक्षा ११/१२ का संयोजक चिरञ्जीवी बस्नेत , पुस्तकालय सहायक दल बहादुर दरै लगायत उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?