महिला र दलितलाई पनि पुरोहित तालिम

दमौली : तनहुँमा विगत तीन बर्षदेखि विश्वहिन्दु महासंघ शुक्लागण्डकी नगर समितीले पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उदेश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामासमेत बृद्धी हुन थालेको छ ।

कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच बृद्धि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार तालिममा अहिले ८ जना दलित समुदायका सहभागि सहित ३५ जनाले तालिम लिईरहेका छन् ।उक्त तालिममा विभिन्न समुदायका ८ जना महिला समेत सहभागि छन् ।

तालिममा सहभागि भएका जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको बताए । ‘समुदायमा बाहुन पुरोहितहरु नजाने, आफ्नै समुदायमा भएका केही पुरोहितहरु नभ्याउने समस्याले पुजा आजामा विधि नपुग्ने गरेको पाईयो ।’उनले भने , ‘दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिईरहेका छु ।’

सहभागि मध्येकी लक्ष्मी सिग्देललाई भने स–साना कार्यमा पुरोहित नै बोलाउनु पर्ने झन्झट मन पर्दैन । उनले आफैले सिप सिके परिवार र समाजमा सहज हुने विस्वास सहित तालिममा सहभागि भएको बताए ।

समाजमा जातीय रुपमा हुने विभेद न्यूनिकरण गर्न समेत समेत तालिमले सहयोग गर्ने समितिका अध्यक्ष घिमिरेको विस्वास छ ।

उनका अनुसार सवै समुदायमा पुरोहित उत्पादन हुन सके परनिर्भरतामा कमी हुनुका साथै रोजगारी समेत सिर्जना हुने र विकृती जन्य मानसिकता कम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?