
दमौली : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, तनहुँ शाखाको अध्यक्षमा श्रीराम गन्धर्ब चयन भएका छन् ।संस्थाको शुक्रवार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा ८ औं जिल्ला अधिवेशननले गन्धर्बलाई अध्यक्षमा चयन गरेको हो ।
प्रस्तिष्ठान नेपाल तनहुँको प्रथम उपाध्यक्ष विश्व कुमा परिवार, दित्तीय उपाध्यक्ष दिपक राई, महिला उपाध्यक्ष सावित्री हड्खले चयन भएका छन् ।
त्यस्तै, सचिवमा अनुराग थापा, सह–सचिव अमृत गन्धर्ब, कोषाध्यक्ष शुभद्र श्रेष्ठ, चयन भएका छन् ।
सदस्यहरूमा सीता के.सि., सिमा शाही ठकुरी, आशा दरै, सरला अधिकारी, थम माय सुनार, सीता रायमाझी, शंकर परियार, बालकृष्ण वि.क, संदिप सिं राना, शान्ता बास्तोला, कमला कुवंर कडेल, सन्तोष भुसाल, पुर्णिामा थापा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?