
दमौली : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महासंघले व्यास-१ करङकाठ स्थित निर्मांण भएको भवन शनिवार उद्घाटन गरेको हो ।
भवन उद्घाटन गर्दै आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरलेनेपालका आदिवासी जनजातिलाई संविधानले दिएको अधिकारबारे सचेत गराउन र सम्पुर्ण जनजातिलाई संगठित गर्न जनजाति महासंघले महत्वपुर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मुलुकमा व्यवस्था परिवर्तनका समयमा जनजाति समुदायबाट महत्वपुर्ण योगदान भएको बताए ।
सभा हल सहितको साढे दुइ तले भवन ४७ लाख ४५ हजार ९ सय ९९को लागतमा निर्माण सम्पन्न भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका कोषाध्यक्ष तिर्थबहादुर दरैले जानकारी दिए ।
नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समवन्य परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङ, नेकपा माओवादीका जिल्ला अध्यक्ष मदन आले, महासंघका पूर्व अध्यक्ष हरिसिं गुरुङ, व्यास १का वडाध्यक्ष रमेशचन्द्र हड्खले, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
सोही अवसरमा संस्थाको भवन निर्माण तथा अन्य गतिविधिमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?