काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी

काठमाडौं : काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ ।

सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ ।

आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

आगलागी भएको घरमा जुत्ता कारखानाका साथै रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?