
दमौली : निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ १ (क) प्रदेशसभा सदस्यका उम्मेदवार स्वतन्त्र उम्मेदवार हरिराज जोशी घरदैलोमा व्यस्त भएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।
पानीको धारा चुनाव चिन्ह लिएर जोशी सोमबार भानु नगरपालिका-११ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?