सबैलाई तिहारको शुभकामना !

पछिल्ला दिनहरूमा तिहारकै छेको छठ पनि देशभर मनाउन थालिएको छ ।दसैँपछि बहुसङ्ख्यक नेपालीले मनाउने चाड  तिहार हो ।

नेवार समुदायमा तिहारमै ‘ह्म पूजा’ पनि मनाइन्छ ।

यम पञ्चकमा सनातन धर्मावलम्बी नेपालीका साथै अरू धर्मावलम्बीले पनि काग, कुकुर। गाई, गोरु र भाइ पूजा गर्छन् । अर्थात्, तिहार पनि अब नेपालीको साझा पर्व बनिसकेको छ ।

यसका साथै तिहारमै लक्ष्मीपूजा र दीपावली पनि हुन्छ । समग्रमा तिहारले पनि सांस्कृतिकरूप लिइसकेको छ । त्यसो त तिहारका नाममा खेलिने देउसी भैलोका साथै जुवाका समेत सबै समुदायको सहभागिता हुनेगरेको छ ।

जेहोस्, पञ्चक सुरु भएदेखि नै सबै उत्सवको मनःस्थितिमा हुन्छन् भने लक्ष्मीपूजापछि त सार्वजनिक बिदा नै हुन्छ । तराईमा त छठसम्मै उत्सवको वातावरण हुन्छ ।

तिहार मनाउन लागेका हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता  र सहकर्मी सबैलाई दमौली अनलाइन मिडियाको तर्फबाट हार्दिक शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?