महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ।
बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रहरी जनाएको छ ।
उनका अनुसार आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो।
उनीहरूको अवस्था सामान्य छ। अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेका थिए। चार जनालाई गोली लागेको हल्ला चले पनि अहिलेसम्म पुष्टि हुन नसकेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवको भनाइ छ।
उनले अहिले अवस्था सामान्य रहेको उनले बताए।
शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
तस्बिर फाइल










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?