दमौली : तनहुँको व्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।
स्थानीयले दिएको स्रोतको अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
बालकको शवलाई घटनास्थलबाट मुचूल्का गरेर दमौली ल्याउने प्रयास भइरहेको उनले बताए ।
गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?