एसका ४६१ सदस्य एमालेमा फर्किए

दमौली : नेकपा एकीकृत समाजवादीमा आबद्ध ४६१ सदस्य नेकपा एमालेमा फर्किएका  छन् । बुधबार दुलेगौंडामा भएको एक कार्यक्रमका बिच एसका सदस्य एमालेमा नै फर्किएका हुन् ।

समाजवादीमा रहदाँ कम्युनिष्टवादी आन्दोलन कमजोर हुने हुदाँ एमालेमा नै फर्किएको यसअघि एसमा जिल्ला सचिव रहेका दुर्गाकुमार श्रेष्ठले बताए ।

अहिले आएर गठबन्धन भनेर कांग्रेसको झण्डा बोकाएर हिडाउन नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरूले विगतमा जो जता भए पनि एमालेमा नै समाहित भएका कसैलाई पनि हेला नगर्ने बताए ।

नेकपा एस तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठ, नेकपा एसका कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गन्डकी प्रदेशका अध्यक्ष कमल गैह्रे लगायत जिल्ला कमिटीका १७ जना सदस्य, शुक्लागन्डकीको नगर कमिटी, युवा संघ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा संघको सिङ्गो जिल्ला कमिटि टिम सहित ४६१ जना आज नेकपा एमालेमा समाहित भएका छन् ।

कार्यक्रम नेपाली कांग्रेसमा ३७ बर्षदेखि सक्रिय रहदै आएका मनिराम परियार पनि एमालेमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?