शुक्लागण्डकीमा भोलि सार्वजनिक बिदा

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले हिन्दु धर्मालम्बीहरुको  पर्व हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार नगर प्रमुख कृष्णराज पण्डितले एक सुचना जारी गर्दै भोलि शुक्रबार परेको एकादशीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शुक्रबार नगरपालिकाको कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, सवैविद्यालय बन्द, बैँक तथा वित्तिय संस्था, निजी संघसंस्था र निकायहरुमा विदा दिइएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?