घरदैलो अभियानमा व्यस्त स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्: मेरो जीत निश्चित छ 

दमौली :  मंसिर ४ गते हुने निर्वाचनका लागि  तनहुँ -१  प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पृथ्वीनारायण श्रेष्ठ घरदैलोमा व्यस्त भएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।

घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।

सूर्यमुखीको फूल चुनाव चिन्ह लिएर श्रेष्ठ बिहिवार देवघाट गाउँपालिकामा घरदैलो गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?