दमौली : आम निर्वाचन नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नं १ को घरदैलो अभियान शुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिकासँगे राप्रपाले जनतासँगको घरदैलो कार्यक्रम तिव्रतासँग अगाडी वढाएको हो ।
राप्रपातनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार विनोद घर्ती र प्रदेशसभा १ (ख) का उम्मेदवार राजु गोतामेले व्यास -३ शहिद गेटवाट घरदैलो अभियान शुरु गरेका हुन् ।
सम्वन्धित वडा कमिटीको अगुवाईमा शुरु गरिएको घरदैलो अभियानमा उम्मेदवारद्धयले आफनो चुनावी घोषणापत्र र विकास निर्माणको अभियानको वारेमा जनतालाई आस्वास्त तुल्याएका थिए ।
अभियानमा राप्रपा जिल्ला कमिटीका नेता, पालिकास्तरका नेता, वडाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?