गाउँ नगरको विकासमा मेरो ध्यान रहनेछ : उम्मेदवार श्रेष्ठ

भानु  :  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं तनहुँ १ प्रदेशसभा (क)का उम्मेदवार अशोककुमार श्रेष्ठले गाउँ नगरको विकासमा मेरो ध्यान रहने प्रतिबद्धता जनाएका छन् ।

भानु नगरपालिका-१  स्थित भन्सारमा शुक्रबार गठबन्धन द्वारा आयोजित निर्वाचन विशेष कार्यक्रमलाई सम्बोधन  गर्दै नेता श्रेष्ठले उक्त  प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो क्षमताले भ्याएसम्म जनताको काम र सेवा गरुँ भन्ने हुटहुटी रहेको श्रेष्ठले बताए  ।

उनले युवावर्गलाई प्रबिधिमैत्री शिक्षा प्रदान जोड समेत दिएका थिए  ।

संवैधानिक व्यवस्थाको मर्म र भावना अनुरूप समाजको विकासमा आफ्नो पहिलो प्राथमिकता रहने उनको भनाई रहेको थिए   ।

नेपाली कांग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोबिन्द भट्टराई, धुर्ब वाग्ले, नेकपा माओबादी केन्द्रकी  केन्द्रिय सदस्य ओमकुमारी पौडेल लगायतले सम्बोधन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?