दमौली : मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ -१ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पृथ्वीनारायण श्रेष्ठले आफू जनताको सेवक भएर काम गर्न आएको बताएका छन् ।
शनिवार आँबुखैरेनी गाउँपालिका अन्तर्गतको विभिन्न स्थानमा मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलो गर्ने क्रमममा उक्त कुरा बताएका हुन्।
पुरानो दलले मुलुकलाई विकासको निकास नदिने बताउँदै अब देश बनाउने काम हामी बाट सुरु गर्नु पर्ने बताए।
घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।
सूर्यमुखीको फूल चुनाव चिन्ह लिएर आफ्नो निर्वाचन क्षेत्रमा विगतको समय देखि घरदैलो गर्दै आएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?