दमौली : मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी नेपालबाट तनहुँ -१ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।
छात चुनाव चिन्ह लिएर शनिवार व्यास नगरपालिका-१० मा घरदैलो गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यमा पासङ्ग थापा मगर र क्षेत्र नं.१ ‘क’प्रदेश सभा सदस्यमा अर्जुन गुरुङको उम्मेदवार रहेका छन्।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?