तनहुँ -१ मा घर्ती र गोतामेकाे घरदैलाे अभियान निरन्तर

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तनहुँ जिल्ला अध्यक्ष एवं तनहुँ -१ का  प्रतिनिधि सभा सदस्य विनोद घर्ती र तनहुँ -१ (ख ) का प्रदेश सभा सदस्य उम्मेदवार राजु गोतामेले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

सोमवार आँबुखैरेनी गाउँपालिकामा आयोजित घरदैलो अभियानमै व्यस्त भएका थियो ।

कार्यक्रममा उनले हिन्दुराष्ट्र आफूहरुको मुख्य एजेण्डा सहित  राजसंस्था रहेको बताएका छन् । समानुपातिक तर्फका उम्मेदवारहरुको सहभागितामा भएको सो घरदैलो कार्यक्रममा स्थानियहरुको न्यानो स्वागत र साथ प्राप्त भएको  घर्तीले  बताए ।

राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?