खग्रास चन्द्रग्रहण सकियो

काठमाडौं : खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५: ११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा सकिएको हो ।

अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिन्छ ।

चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ :१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?