दमौली : प्रतिधिनिसभा र प्रदेशसभा निर्वाचन आउन दुई साता पनि बाँकी छैन । विगतका निर्वाचनमा बदर मतको संख्या बढी देखिएको तनहुँमा त्यसलाई घटाउन विभिन्न स्थानमा नमुना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँको आयोजना र व्यास नगरपालिकाको व्यवस्थापनमा बुधबार दमौलीको खुल्ला मैदानमा नमुना मतदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयले राखेको नमुना मतदानमा स्थानीय पालिकाले सहजीकरण गरेका थिए । जसले गर्दा स्थानीयले उत्साहका साथ मतदानमा भाग लिएका छन् ।
नमुना मतदानस्थलमा म्यादी प्रहरीले सुरक्षाको पहरा दिए ।नगरपालिकाका कर्मचारीहरु मतपत्र वितरण, मतदाता परिचयपत्र बाँड्न सहयोग गरे ।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?