भिमादमा आगोले जलेर एक बालकको मृत्यु

भिमाद । तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भान्सा कोठामा आगो ताप्ने क्रममा  गत कात्तिक २१ गते बेलुकी ७ बजेतिर जलेर घाइते भएका  थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । प्रहरीका अनुसार निज बालकको शरीरका विभिन्न भाग जलेको र घट्नाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?