दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद घर्तीले देश र धर्मको रक्षाका लागि युवाहरू लाग्नुपर्ने बताएका छन् । शुक्रबार भानु नगरपालिकाको विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष घर्तीले सो कुरा गरेका हुन् ।
उनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरे । यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भन्दै उनले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए ।
उनले यसका लागि राप्रपालाई मत दिएर देश र धर्म रक्षाको अभियानमा सहभागी हुन आग्रह गरे ।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?