दमौली : निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीका तनहुँ -१ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।
घर चुनाव चिन्ह लिएर उम्मेदवारहरू शनिवार बन्दीपुर गाउँपालिकामा घरदैलो गरेका छन् ।
तनहुँ -१ प्रतिनिधिसभा सदस्यमा हस्तबहादुर थापा , प्रदेशसभा सदस्य (क)मा भुवनसिं थापा र प्रदेशसभा सदस्य (ख)मा खेमबहादुर गुरुङ उम्मेदवार रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?