
दमौली – ब्यास नगरपालिका २ मा रहेको नव ओरेण्टल बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका जेष्ठ सदस्य शिवहरि आचार्यले उद्घाटन गरेका थिए ।
सभामा संस्थाका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरु बारे जानकारी दिए।
सो साधारण सभामा सहकारीका सचिब प्रकाश हड्खलेले संस्थाको प्रगति र कोषाध्यक्ष रेबता सापकोटाले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय अवस्थाको विवरण(वासलात), नाफा÷नोक्सानविवरण, नगदप्रवाह विवरण प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उक्त वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको छलफल गरि पारित गरिएको संस्थाका सूचना अधिकारी सगर खानालले जानकारी दिए ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ सय ३ जना शेयर रहेको सहकारी संस्थाको शेयर पूजी १ करोड २५ लाख ७० हजार ८ सय रूपैयाँ रहेको छ। सहकारीले २३ लाख २८ हजार ९ सय ४० रूपैयाँ कुल संचालन आम्दानि गरेको र १ करोड ८८ लाख ५७ हजार कर्जा लगानी गरेको सहकारीका प्रबन्धक सुदिपराज खानलले जानकारी दिए ।
कार्यक्रममा उपाध्यक्ष मन माया श्रेष्ठले स्वागत मन्तब्य गरेकी थिइन भने राष्ट्रिय सहकारी बैंक लि दमौली शाखाका प्रमुख उपेन्द्र दाहाल ,उधमशील सहकारी संस्थाका अध्यक्ष विकल्प श्रेष्ठ ,सहकारीका शेयर सदस्य सुर्ज कुमार मल्ल,सहकारीका शेयर सदस्य दुर्गा बिलाश भट्टराई ,सहकारीका शेयर सदस्य सावित्री सुबेदी पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?