केशवटारको गौरव, गर्जोदी खानेपानी आयोजना

दमौली : तनहुँको व्यास नगरपालिका –१४ को वडाको नै गौरवको आयोजनाको रुपमा हेरिएको गजौदी खानेपानी आयोजनाको २ वटा पानी टंकी ठिनमा निर्माण सम्पन्न भएको छ ।

७ करोड ७८ लाखको लगानीमा वन्न लागेको खानेपानी आयोजनामा गत आर्थिक वर्षमा १५ लाख विनियोजित वजेट वाट १ लाख ५० हजार लिटर र ३० हजार लिटर क्षमता रहेको २ वटा पानी टंकी निर्माण सम्पन्न भएको हो ।

व्यास–१४ को वडामा रहेको केशवटार, रुम्सि, नयाँगाउ, ठिन, हर्कपुर लगायतको क्षेत्रमा वितरण हुने खानेपानीको योजना १ घर १ करेशावारी कार्यक्रम अन्र्तगत शुरु भएको हो । नेपाल सरकारले लगानी गरेको आयोजना ३ वर्षमा सम्पन्न हुने निर्माण कम्पनिले जनाएको छ ।

आर्थिक वर्ष ०७८।०७९ मा २ करोड १० लाख वजेट विनियोजन भएर कार्यन्वयनको चरणमा गएको योजनामा २ वटा रिजर्भ टंकी, पाईपलाईन विस्तार र विद्युत सप्लाई हुने वडासदस्य दुर्गा वहादुर आलेले जानकारी दिए।

केशवटारमा वाटोको सवै संजालले जोड्ने र उत्पादनलाई जोड दिने वडाको लक्ष्य भएको उनले वताए ।

खानेपानी टंकी हर्कपुर, रुम्सि र नयाँगाँउमा थप १÷१ लाख लिटरको ३ वटा वन्ने र यो आयोजना सम्पन्न भएपछि हरेक घरमा करेशावारी, सिंचाई र उत्पादनका लागी महत्वपुर्ण भुमिका खेल्नेछ ।

जसले केशवटारको दिगो विकासलाई जोडदछ, वडाध्यक्ष काजीमान श्रेष्ठले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?