दमौली : निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामचन्द्र कार्की पनि घरदैलो अभियान व्यस्त भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन एक्लै घर–घरदैलोमा व्यस्त भएको हो ।
ट्राफिका चुनाव चिन्ह लिएर उम्मेदवारहरू आइतबार दमौली बजार लगायत व्यास -१० बैरेनीमा घरदैलो गरेका छन् ।
मतदाता भेटघाट गर्दै उनले आफुले नजिते पनि समाजलाई सन्देश दिने हिसाबले एक्लै चुनावी अभियानमा निस्केको बताए । साथै उनले अहिले सम्म पुरानो राजनीतिक दलले कुनै पनि काम गर्न नसकेको गुनासो व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?