दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद घर्तीले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका आवश्यक रहेको बताएका छन् ।
आइतबार भानु नगरपलिकाका विभिन्न वडामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताए ।
उनले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे । निर्वाचनमा जनताले गर्ने निर्णयबाट नेपाल र नेपालीको मुहार फेर्ने बताउँदै उनले चुनावको दिन राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?