देशको नेतृत्व अब युवाले गर्नुपर्छ : विनोद घर्ती

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद घर्तीले देशको नेतृत्व अब युवाले गर्नुपर्ने बताएका छन् ।

सोमवार भानु नगरपलिकाका विभिन्न वडामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले मुलुकमा इमान र त्यागको युवा मात्र गर्न  सकिने भएकाले देशको नेतृत्व अब युवाले लिनुपर्नेबताएका हुन्  ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशको वर्तमान विषम परिस्थितिमा नेपाली जनताको लागि महत्वपूर्ण अवसर बताउदै अब  समग्रमा  देश वर्वादीको बाटो रोग्नु पर्नेमा जोड दिए ।

मंसिर ४ गते चुनाव नभएको भए अर्कै बाटो रोज्नुपर्ने अवस्था आइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?