अनलाइन पत्रकार संघ तनहुँ गठन

दमौली ;अनलाइन पत्रकारितालाई व्यवस्थित र मर्‍यादित बनाउने उद्देश्यले तनहुँमा अनलाइन पत्रकार संघ गठन गरिएको छ। मंगलबार दमौलीमा आयोजित अनलाइनका सञ्चालक तथा सम्पादकहरुको एक भेलाले तदर्थ  समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा उपेन्द्र खनाल, उपाध्यक्षमा विमला कंडेल, सचिवमा कृष्ण न्यौपाने र कोषाध्यक्षमा एलोज श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा श्रीकृष्ण आचार्य, एसबी नेपाली र हरि खरेल चयन भएका छन् ।

संघले स्थानीय तह लगायत सम्बन्धीत निकायसँगको समन्वयमा अनलाइन पत्रकारिताको विकास र पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारको हकहित र अधिकारका बिषयमा विविध कार्यक्रम तथा गतिविधी सन्चालन गर्ने अध्यक्ष खनालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?