स्व . वाग्लेको पण्डित ऋषिराम वाग्ले र उहाँको परिवेश ” नामक पुस्तक बिमाेचन

दमौली  : तनहुँको एक बहु आयामिक व्यक्ति स्वर्गीय पण्डित ऋषिराम वाग्लेको ” पण्डित ऋषिराम वाग्लेको  र उहाँको परिवेश ” नामक पुस्तककाे बिमाेचन गरेका छन् । शुक्रबार दमौलीमा एक कार्यक्रम आयोजना गरी स्व . वाग्लेको पुस्तक बिमोचन गरेका हुन् ।

संविधान सभा सदस्य रामचन्द्र पाेख्रेलले बिमोचन गर्दै  वाग्ले राजनीतिक , धार्मिक , सामाजिक लगायतका सबै क्षेत्रमा निकै अब्बल ब्यक्ति भएको बताए । उनले सामाजिकता, प्रजातान्त्रीक मान्यता र प्राज्ञिक चेतनाको प्रभाव रहेको व्यक्तिको रुपमा आफुले चिनेको पाेख्रेलले बताएका छन्  ।

डा. इश्वरचन्द्र वाग्लेले पुस्तकको बारेमा बोल्दै आफुलाई पिताले पढाउने क्रममा हाम्रो गुरु त ऋषिराम वाग्ले हो भन्ने कुरा स्मरण गराउदै उनले  आफ्नो पिताको गुरुको पुस्तकको बारेमा बोल्न पाउदा खुसी व्यक्त गरे  ।

जेठी छोरी नारायणी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल , डा रघुनाथ न्याैपाने , डा. शेषरमण न्याैपाने , सारदा न्याैपाने , कृष्णचन्द्र पाैडेल , सीता अधिकारी ,छाेराहरू बद्रीनाथ वाग्ले , केदारनाथ वाग्ले लगायले पण्डित ऋषिराम वाग्लेकाे महत्त्वकाे बारेमा प्रकाश पारेका थिए ।

स्वर्गीय पण्डितको १० वटा छाेरि २ वटा छाेरा तथा १ सय ६ जना नातिनातिना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?