हुम्ला : अत्यधिक चिसोका कारण हुम्ला जिल्लाका ४ मतदान केन्द्रमा अझै मतदान प्रक्रिया शुरु हुन सकेको छैन ।
हुम्लाको नाम्खा गाउँपालिका – ६ का ३ मतदान केन्द र वडा – ५ काे मुचुमा चिसाेका कारण मतदान शुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान केन्द , जाङ गाउँकाे भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र , तिल गाउँकाे हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुकाे खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान शुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।
५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान शुरू भइसकेकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए ।
मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाकाे भनाइ छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?