दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले देशैभरका मतदातालाई धन्यवाद दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।
पौडेलले लेखेका छन्,” प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उत्साहपूर्वक सहभागि भइ मतदान गर्नु हुने तनहुँ क्षेत्र नं १ लगायत देशैभरका सम्पूर्ण मतदातालाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। निर्वाचन सफल बनाउन योगदान गर्नु हुने निर्वाचन आयोग, सुरक्षाकर्मी,राष्ट्रसेवक कर्मचारी, राजनीतिक कार्यकर्ता, स्वयंसेवक तथा पत्रकारहरूलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछु। ।’







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?