ऋषिङ ८ का कांग्रेस सभापति श्रेष्ठमाथि घरमै कुटपिट

ऋषिङ  : तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ का कांग्रेस सभापति भरतकुमार श्रेष्ठमाथि घरमै कुटपिट भएको छ । श्रेष्ठसँगै उनका परिवारका सदस्यमाथि पनि आक्रमण भएको जनाइएको छ ।

श्रेष्ठ आफ्नो परिवारसँग घरमै भएका बेला ४ जना पुरुष आएर धारिलो हतियारसहित अन्धाधुन्ध आक्रमण गरेको स्थानीय बिबेक श्रेष्ठले बताए।कुट्नेमा शिव सरस्वती माविमा पढाउने र आफूलाई पत्रकार भन्ने सञ्जय श्रेष्ठ र उनका दुई जना भाइहरु अर्जुन श्रेष्ठ र महेश श्रेष्ठ छन् ।

स्थानीय बिबेक श्रेष्ठका अनुसार पिट्नेहरु आधिकारीक कांग्रेस र पिटिने भरतकुमार श्रेष्ठ कांग्रेसका विद्रोही समूहका हुन् । भरतकुमार स्थानीय तह निर्वाचनमा पुतली चुनाव चिह्न लिएर वडासदस्य लडेर हारेका थिए ।

भरतकुमार शिव सरस्वती माविका विद्यालय व्यवस्थापन समिति सदस्य हुन् । स्थानीय तह चुनावमा ऋसिङ ८ को वडाध्यक्ष उठेका दानबहादुर र आज पिटाइ खाने भरतकुमार साला भेना हुन् ।

हातपात गर्ने सञ्जयका ३ दाजुभाइलाई अहिले इलाका प्रहरी कार्यालय, भिमाद लगिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?