रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका आचार्य निर्वाचित

रसुवा :  रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।

२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।

२०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति यात्रा आरम्भ गरेका कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् ।

निर्माण व्यवसायी ४६ वर्षीय आचार्य इन्जिनियर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?