डडेल्धुरामा देउवा सातौँ पटक निर्वाचित, सागर ढकाल झन्डै आधा मतले पछि

कैलाली : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ साल देखी निरन्तर जित्दै आएका देउवा अहिले पनि अपराजित रहे ।

केही बेर अघि सम्पन्न मतगणना अनुसार २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?