तनहुँमा साउन ३२ गतेसम्म थपियो निषेधाज्ञा

तनहुँमा जारी निषेधाज्ञा फेरी थप गरिएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।यस अघि थपिएको निषेधाज्ञाको समय भोलि २० गते राति १२ बजे सकिदैछ ।

पछिल्ला दिनमा तनहुँमा  कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेपछि यसअघिकै मोडालिटीमा निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।

यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन  नपाइएने बरालले बताए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?