साढे २८ हजार मतअन्तरले ओली विजयी

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।

२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?