अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी निर्वाचित

अर्घाखाँची : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् ।

रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् ।

तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको मन्त्रिपरिषदमा तीन  मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?