ऋषिङ : नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभा सदस्य झुलबहादुर आलेको निधनमा तनहुँको ऋषिङ गाउँपालिकाले भोलि शोक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आलेका निधनमा गाउँपालिकाले भोलि शोक बिदा दिएको बताए ।
ऋषिङ -७ निवासी आलेको उपचारका क्रममा काठमाडौंमा शुक्रवार निधन भएको थियो । उनको निधनले ऋषिङ गाउँपालिका स्थित घिरिङथोक गाउँ शोकमा डुबेको छ ।
समाजवादी चिन्तक आले गत विसं २०७० को निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?