स्विट्जरल्याण्डमाथि ६–१ को सानदार जित निकाल्दै पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
लुसेल रंगशालामा भएको खेलमा सहज जित निकाल्दै पोर्चुगल १६ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो।
गोन्सालो रामोसले १७ मिनेटमै गोल गर्दैे पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। फेरि ३३ औँ मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि पुनः रामोसको ५१ औँ मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता तेब्बर पारे। फेरि ५५ मिनेटमा राफायल गुइरेरोले ४ गोलको अग्रता दिलाए।।
त्यसपछि भने स्विट्जरल्याण्डले सान्त्वना गोल फर्कायो। आकान्जीले ५८ मिनेटमा गाले गर्दै पोर्चुगलसँगको अग्रता घटाए।
तर, पोर्चुगल त्यतिमै रोकिएन। रामोसले पुनः ६७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि प्रतिस्थापन खेलाडी राफायल लियोले ९२ मिनेटमा गोल गर्दै पोर्चुगलको ६–१ को सानदार जित सुनिश्चित पारे।
यससँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?