तनहुँको व्यास नगरपालिकाले २७औं विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको गत श्रावण २२ गते बसेको व्यास नगरकार्यपालिकाको बैठकले श्रावण २५ गते सोमबार नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
श्रावण २५ गते पर्न गएको २७ औं विश्व आदिवासी दिवसको अवसरमा व्यास नगरपालिका अन्तरगतका सम्पुर्ण कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्था(अत्यावश्यक सेवा बाहेक), सामुदायीक तथा नीजि शैक्षीक संस्थाहरु एवं अन्य संघ/संस्थाहरुमा यस नगरपालिकाद्वारा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा कोबिड -१९ विरुद्को खोप लगाउने कार्य भने सुचारु रहने व्यहोरा समेत सुचनामा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?