अवैध संरचना हटाउन म्याग्देले दियो ३५ दिनको समयसीमा

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा, सडक,नदि, वन,खोला, नहर अतिक्रमण गरेर निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ ।

सूचनाअनुसार नक्सा स्वीकृत गर्दा विभिन्न  प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु पनि खाली गरेर तोकिएको प्रयोजनामा लगाउन भनिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना सुधार्न वा हटाउन ३५ दिनको समय दिइएको छ ।

सम्बन्धिकत घरधनीले नहटाएमा पालिकाले आफैंले कानुन अनुसार संरचना हटाउने गाउँपालिकाले जनाएको छ ।

‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/नगराएमा गाउँपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने व्यहाोरा जानकारीका लागि सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?