दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ–२ बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्र बनाउनु उपयुक्त हुने बताएको छ ।
नेता भण्डारीले नेपाली कांग्रेस तनहुँले शनिबार गरेको निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पौडेल प्रधानमन्त्री बन्दा गठबन्धन कायम राख्न सहज हुने बताए ।
पूर्व मन्त्री समेत रहनु भएका भण्डारीले गठबन्धनको चुनावी कमाण्डर हुनु भएकोले नेता पौडेललाई प्रधानमन्त्री बनाउन उपयुक्त हुने बताए । शेरबहादुर दउवाले पुनः प्रधानमन्त्रीको आकांक्षा व्यक्त गर्दा गठबन्धन टुट्न सक्ने हुँदा नेता पौडेललाई बनाउन उपयुक्त हुने भण्डारीको तर्क थियो । ‘मैले पार्टी सभापति त्याग गर्दा फरक पर्दैन भने फेरी प्रधानमन्त्री म नै बन्छु भन्दा गठबन्धन टुट्न सक्ने जोखिम भएको बताएको छु’ भण्डारीले भने ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भण्डारी, गण्डकी प्रदेश सदस्यमा निर्वाचित जीतप्रकाश आले, अशोककुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, क्षेत्र नम्बर १ का सभापति चुडामणी खनाल लगायतका नेताहरुको मन्तव्य राखेको थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?