अध्यादेश हिजो पनि गलत, आज पनि गलत : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि अध्यादेशको कडा विरोध गरेका छन् । पौडेलले अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनि प्रश्न गरेका छन् ।

उनले भनेका छन् : ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ?’, पौडेलले लेखेका छन्, ‘सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?