ख्रिष्टियन समाजले आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन

दमौली : तनहुँ ख्रिष्टियन समाजले दमौलीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । सोमबार व्यास नगरपालिका-३ अनसन चौतारीमा समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको उद्दघाटन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले रगतको अभावमा कसैको ज्यान जान नपरोस भन्ने उदेश्यले रक्तदान जस्तो महत्वपूर्ण राखेको भन्दै धन्यबाद ब्यक्त गरेका थिए । समाजका लागि यस्तो अनुकरणीय काम गर्दै जानुपर्नेमा जोड दिए  ।

तनहुँ ख्रिष्टियन समाजका अध्यक्ष केबि आलेले इसाईहरुको महापर्व ख्रिष्टमसको अवसरमा “रगत नै जीवनदान” भन्ने मुला नारा सहित रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा पदाधिकारी लगायत स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?